sevenstartv.com २० वैशाख २०८३, आइतवार

विपी राजमार्ग बनाउन साढे ८ अर्ब लाग्ने

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । असोजको दोस्रो साता आएको बाढीले क्षति भएको बीपी राजमार्ग स्थायी रूपमा निर्माणका लागि ठेक्का आह्वान भएको छ ।

सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भएसँगै सडक डिभिजन कार्यालय भक्तपुरले आज ठेक्का आह्वान गरेको हो । अर्थ मन्त्रालयले बीपी राजमार्ग पुनर्निर्माणका लागि गत फागुन ६ गते स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।

ठेक्का सम्झौता भएर निर्माण व्यवसायी परिचालन गर्न कम्तीमा एक सय ५० दिन  लाग्ने छ । ठेक्का सम्झौतापछि बाढीले क्षति गरेको भकुन्डेबेंसीदेखि नेपाल थोकसम्मको करिब २८ किलो मिटर सडक खण्डको स्थायी रूपमा निर्माण गरिनेछ । जसमा सिन्धुलीतर्फ साढे २ किलोमिटर पर्नेछ भने बाँकी सबै काभ्रे खण्डमा पर्ने छ ।

दुवै खण्डमा स्थायी सडक निर्माण गर्ने गरी अर्थ मन्त्रालयले स्रोत सहमति दिएको छ । भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डमा १ अर्ब रुपैयाँ गरी कुल साढे ८ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्