sevenstartv.com २० वैशाख २०८३, आइतवार

नेपालमा पूर्वाधार बनाउनु अभिशाप जस्तो हुन थालेको महासंघका अध्यक्ष ढकालको टिप्पणी

निर्माण व्यवसायीले सहज रुपमा काम गर्ने वातावरण नबनाएको गुनासो

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा रोजगारी सिर्जना गर्नु, लगानी गर्नु, सरकारलाई ट्याक्स तिर्नु, आम नागरिकलाई सुविधा दिनु र पूर्वाधार बनाउनु दुष्कर्म गरेको जस्तो भएको टिप्पणी गरेका छन् । 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपालमा लगानी गर्नु, पूर्वाधार बनाउनुलाई नकारात्मक रुपमा लिने गरिएको उल्लेख गरेकान हुन् । उनले केही राजनीतिक दलका नेताहरु र केही संघसंस्थाहरुले विकासका कामलाई बिरोध गर्ने गरेको बताए । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उद्यमी व्यवसायीहरुको उत्साहमा कमी आउनु, मनोबल खस्किन दिनु नहुने बताएका छन् । उनले सानो अर्थतन्त्र भएको नेपालमा पछिल्ला दुई वर्षमा ७५ हजार भन्दा बढी व्यक्तिहरु कालोसूचिमा पर्नु चिन्ताको विषय भएको बताए । चुनौति लिएर थप नयाँ उद्योग व्यवसाय सञ्चालन गर्न उद्योगी व्यवसायीहरुलाई आँट आउन नसक्नुले थप समस्या निम्तिने जिकिर गरेका छन् । 

अध्यक्ष अग्रवालले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव केन्द्रिय बैंकको रहने र मुलुकको आर्थिक नीति सफल बनाउन मौद्रिक नीति जारी गर्ने केन्द्रिय बैंक भएपनि केही समय यता आर्थिक नीति र मौद्रिक नीतिबीच तालमेल नमिलेको बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्