sevenstartv.com २० वैशाख २०८३, आइतवार

इन्दुशङ्कर चिनी उद्योगद्वारा किसानलाई १ अर्ब २२ करोड भुक्तानी

८ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका-८ स्थित इन्दु शंकर चिनी उद्योगले उखु किसानहरूलाई भुक्तानी गरेको छ । चालु सिजनको क्रसिङ पुस पहिलो साताबाट सुरु गरेको उद्योगले माघ ३० गतेसम्म करिब २३ लाख ४३ हजार क्विन्टल उखु प्रशोधन गरिसकेको छ ।

उद्योगले किसानहरूलाई उखु बिक्री गरेपछि एक हप्ताभित्रै भुक्तानी दिँदै आएको छ। हालसम्म किसानहरूलाई कुल रु १ अर्ब २२ करोड ३५ लाख ४४ हजार भुक्तानी गरेको छ । 

सरकारले किसानलाई रु ७० प्रति क्विन्टल अनुदान दिने निर्णय गरेको छ भने उद्योगले रु ५८५ थपेर कुल रु ६५५ प्रति क्विन्टल भुक्तानी गरिरहेको छ। देशभरका चिनी उद्योगहरूमध्ये समयमै भुक्तानी गर्ने उद्योगका रूपमा इन्दु शंकर चिनी उद्योगले करिब १२ हजार किसानहरूसँग उखु खरिद गर्दै आएको जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्