sevenstartv.com २१ वैशाख २०८३, सोमवार

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा ६ महिनामा चार अर्ब राजस्व असुली

२३ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा चार अर्ब २० करोड ६९ लाख ५६ हजार राजस्व संकलन गरेको छ । कार्यालयले गत आवको छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा भने एक अर्ब चार करोड ३७ लाख बढी राजस्व संकलन गरेको हो ।

आन्तरिक राजस्व कार्यालय वीरगञ्जका कार्यालय प्रमुख टिकाराज चौलागाईले गत आवको तुलनामा चालु आवमा राजस्व संकलन उत्साहजनक रहेको जानकारी दिनुभयो । कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा अन्तःशुल्क मदिरातर्फ एक अर्ब ४६ करोड ७३ लाख राजस्व संकलन गरेको छ । गत आवको सोही अवधिमा भने अन्तः शुल्क मदिरातर्फ भने ९२ करोड ८७ लाख राजस्व संकलन गरेको थियो । 

कार्यालयले चालु आर्थिक् वर्षको छ महिनाकै अवधिमा अन्तःशुल्क अन्य औद्योगिक उत्पादनतर्फ भने ३१ करोड ९० लाख राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने १८ करोड ७३ लाख रकम अन्तःशुल्क अन्य औद्योगिकतर्फ राजस्व संकलन गरेको थियो । कार्यालयले आयकर प्राइभेट लिमिटेडतर्फ भने २३ करोड ३६ लाख राजस्व संकलन गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा भने १६ करोड ९८ लाख राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा आयकर व्यक्तिगत वा एकलौटी तर्फबाट ८७ करोड ६४ लाख राजस्व संकलन ग¥यो भने गत आवको सोही अवधिमा भने ४७ करोड १२ लाख ५५ हजार राजस्व संकलन गरेको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्