अर्थ समितिद्वारा देशभरका मुख्य मुख्य भन्सार कार्यालयहरुको अनुगमन
काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको छ । मंगलबार समिति सदस्यहरुले महोत्तरीको जलेश्वर भन्सार कार्यालयको अनुगमन गरेको हो ।
मुख्य भन्सार नाकामा चोरी, पैठारी नियन्त्रण गर्न समितिले मुख्य-मुख्य भन्सार कार्यालयको अनुगमन गरिरहेको छ । समितिले भन्सार गतिविधि हेर्नेगरी उपसमिति बनाएर भन्सार कार्यालय अनुगमन गरिरहेको जनाएको छ ।
उपसमितिका संयोजक नारायणी शर्माले समितिमा भन्सारमा चोरी पैठारी वृद्धि भएको धेरै गुनासो आएकाले समितिले देशभरका भन्सार कार्यालयको अनुगमन गरिरहेको बताए । उनले अनुगमनका क्रममा भन्सार कार्यालयहरुमा धेरै समस्या देखिएको बताएका छन् ।
