sevenstartv.com २१ वैशाख २०८३, सोमवार

नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने सम्झौता

९ माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल र भारतबीच ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनको १०० मेगावाट क्षमता बढाउने समझदारी भएको छ । एक हजार मेगावाट विद्युत आयात÷निर्यात हुँदै आएको यो प्रसारणलाइनमार्फत यो समझदारीसँगै ११०० मेगावाट प्रसारण हुने छ ।

नेपाल र भारतबीच सञ्चालनमा रहेको यो मात्रै एउटा ४०० केभी प्रसारणलाइन हो । अरुण तेस्रो जलविद्युत आयोजनाको प्रवद्र्धक सतलज जलविद्युतले ढल्केबर सितामणि ४ सय केभी प्रसारणलाइन सञ्चालनमा ल्याएपछि नेपालले ढल्केबर मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन प्रयोग गरेर ११०० मेगावाट बिजुली निर्यात गर्न पाउने सर्त भारतले अघि सारेको छ । 

नेपाल र भारतबीच सम्पन्न ऊर्जा सहसचिवस्तरीय बैठकले ढल्केबर–मुजफ्फरपुरको क्षमता बढाउने समझदारी गरेको हो । नेपाल र भारतबीच अब बस्ने ऊर्जा सचिवस्तरीय बैठकले यो समझदारी अनुमोदन गरेपछि कार्यान्वयनमा जानेछ । सहसचिवस्तरीय बैठकको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव सन्दिप देवले गर्नुभएको छ । 

यस पटक भारतले फरक मत राखेका कारण सचिवस्तरीय बैठक भने हुन सकेन । बैठकमा सहभागी एक अधिकारीका अनुसार यो बैठकको मुख्य दुई एजेण्डा थिए । नेपाल भारत क्रस बोर्डर दोधारा–बरेली ४०० केभी र इनरुवा–पूर्णिया ४०० केभी प्रसारणलाइनको मोडालिटी टुंग्याउने । यसमा भारतले फरक मत राखेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्