रास्वपा संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्ने भएको छ ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान संसदीय दलको बैठक आह्वान गरिएको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।
बिहान साढे १० बजेका लागि रास्वपाको बैठक बस्न लागेको हो । रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र प्रस्तावित जलनसम्बन्धी गैरसरकारी विधेयकसम्बन्धी छलफलसमेत हुने प्रवक्ता झाकाे भनाइ छ ।
