sevenstartv.com ५ असार २०८३, शुक्रवार

सार्वजनिक यातायातको भाडा बढ्यो

२२ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । 

यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर बढेको जानकारी दिएको हो । विभागका अनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा वृद्धि गरिएको छ ।

पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा शुन्य दशमलव १ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी शुन्य दशमलव शुन्य पाँच प्रतिशतले मूल्य वृद्धि गरिएको छ ।