sevenstartv.com २२ वैशाख २०८३, मङ्गलवार

नेप्से परिसूचक ५.३२ अंकले बढ्याे

२१ पुष २०८१, आइतवार स्टार संवाददाता

काठमाडाैं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । ५.३२ अंकले बढ्दा परिसूचक २ हजार ५९१ दशमलव ५६ बिन्दुमा पुगेको छ । 

आज १४१ कम्पनीको मूल्य बढेको छ भने ९४ कम्पनीको घट्दा ८ कम्पनीको मूल्य स्थिर रह्यो । बजार सामान्य अंकले बढे पनि उपकार लघुवित्त, दोर्दीखोला जलविद्युत् र ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । डोल्टी र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । आज जलविद्युत् र व्यापारतर्फका कम्पनीको लगानी बढ्यो ।

यी दुई उपसमूहको सूचक क्रमशः १।६७ र १।१४ प्रतिशतले बढेको छ । कारोबार रकमका हिसाबले आज जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १९ करोड ९ लाख रुपैयाँको कारोबार भएको छ । आज कुल ३२७ कम्पनीको ९३ लाख ६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८६ करोड २ लाख रुपैयाँको कारोबार भएको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्