sevenstartv.com २० वैशाख २०८३, आइतवार

सुशील कोइरालाको ८५औँ जन्मजयन्ती मनाइँदै

२८ साउन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८५ औँ जन्मजयन्ती आज मनाइँदै छ ।

१९९७ साउन २८ गते जन्मिएका उनी प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेको बताइन्छ । जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरेका कारण उनी नेपाली राजनीतिमा सादगी नेताका रूपमा परिचित छन् । कोइरालाकै नेतृत्वमा नेपालमा २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो । 

कोइराला २०३४ सालपछि पार्टीको केन्द्रीय समिति सदस्य, महामन्त्री र उपसभापित हुँदै ०६६ साल भदौमा भएको १२औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए । २०७२ माघ २६ गते उनको निधन भएको थियो।

 

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्