sevenstartv.com १९ वैशाख २०८३, शनिवार

नेप्से परिसूचक २८.९१ अंकले बढ्याे

८ पुष २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । लगातारको गिरावटपछि सोमबार नेप्से सूचक २८.९१ विन्दुले बढेर २६१२.२० अंकमा पुगेको छ । 

सोमबार ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा  ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन् । बजार २६ सयको मनोवैज्ञानिक रेखामाथि टिक्न सफल भएको छ । 

यी कुराहरुमा आम  लगानीकर्ता सचेत हुन आवश्यक देखिन्छ । यस दिन ३२८ कम्पनीको ८९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १८ करोड ८४ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र मोलुङ हाइड्रोपावर परेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्