नेप्से परिसूचक २.९५ अंकले बढ्याे
काठमाडौं । सोमबार उच्च अङ्कले घटेको शेयर बजार मंगलबार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से मंगलबार दुई दशमलव ९५ अङ्कले बढेर दुई हजार ६ सय ३३ दशमलव ८७ विन्दुमा पुगेको छ ।
मंगलबार विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स, होटल, माइक्रोफाइनान्स, निर्जीवन बीमा, लगानी समूहको शेयर दोहोरो अङ्कले बढेको छ । मंगलबार सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।
मंगलबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार पाँच अर्ब ९३ करोडको शेयर कारोबार भएकोमा मंगलबार तीन सय १८ वटा कम्पनीका ८९ लाख ३९ हजार कित्ता शेयर चार अर्ब ३४ करोड रुपैयाँमा किनबेच भएको छ ।
