नेप्से परिसूचकमा भारी गिरावट
काठमाडौं । सेयर बजारको कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको छ ।
५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुथेली बुखरी हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् । फाइनान्स समूहमा सबैभन्दा गिरावट आएको छ । लामो समयदेखि साइडवेजमा रहेको बजार सोमबार भने ठूलो अंकले घटेको हो । यस दिन कारोबार रकम पनि सामान्य रहेको छ । बजार माथि जान नसकेपछि पुनः तल झरेको हो ।
विशेषगरी २७८० खुड्किलो पार गर्न नसकेपछि नेप्सेको ओरालो यात्रा सुरु भएको हो । यस दिन ३०४ कम्पनीको १ करोड २७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २६ करोड ४५ लाखभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र जानकी फाइनान्स परेका छन् ।
