sevenstartv.com १ पुष २०८२, मङ्गलवार

यस्तो छ आजको मौसम

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी,  बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा तथा कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्