sevenstartv.com ५ असार २०८३, शुक्रवार

तीन महिनामा ११ वटा मोटरेबल पुल निर्माण सम्पन्न

२७ कार्तिक २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । सरकारले चालु वर्ष २०८१/८२ को तीन महिनामा करिब एक दर्जन मोटरेबल पुल निर्माण गरेको छ । 

वार्षिक लक्ष्य १५० रहेकोमा साउनदेखि असोज मसान्तसम्ममा ११ वटा पुल निर्माण सम्पन्न गरेको सडक विभागले जनाएको छ ।

देशैभर ३ हजार ५६९ वटा मोटरेबल पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म  ३ हजार ४३० मोटरेबल पुल  निर्माण भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।