sevenstartv.com ५ असार २०८३, शुक्रवार

घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

२२ कार्तिक २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्य ५५ रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको छ ।