sevenstartv.com १ पुष २०८२, मङ्गलवार

आजकाे माैसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

२५ साउन २०८१, शुक्रवार स्टार संवाददाता

 काठमाडाैं । आज देशभर आंशिक देखि साधारणतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका  एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ । 

आज राती देशभर आँशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्