बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबार १ लाख ६० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर १ लाख ६१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य ३० रुपैँयाले बढेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको छ ।
