sevenstartv.com ६ असार २०८३, शनिवार

चार करोड २५ लाख माछाका भुरा उत्पादन

२ असोज २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं ।  हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रले एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ । 

मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट र सर्लाहीलगायत अन्य जिल्लाका किसानले भुरा खरिद गर्दै आएका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र८१ मा चार करोड ह्याचलिङ्ग, २० लाख फ्राइभुरा तथा पाँच लाख फिगरलिङ्ग भुरा उत्पादन गरी बिक्री गरिएको हो । 

उत्पादित भुराको बिक्रीबाट ३५ लाख ४५ हजार ५१९ रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।