नुवाकोटको तादीमा सेनाद्वारा बेलिब्रिज जडानमा तिव्रता
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बिसाल बाढीका कारण ध्वस्त भएको नुवाकोटको एक बेलिब्रिज जडान कार्य तिव्र रुपमा काम अघि बढेको छ। नेपाली सेनाले बाढीले ध्वस्त भएको नुवाकोटको बिदुरस्थित तादी खोलामाथि पुल जडान तीव्र कार्यलाई तिव्रता दिइएको हो।
सेनाले यही पुलको नजिकै त्रिशूली नदीमाथि तुइन समेत जडान गरिरहेको छ। पुलसँगै सडकमार्ग बगाउँदा नुवाकोटकै केही क्षेत्र र रसुवासँग सडकसम्पर्क विच्छेद भएको छ।
हाल नेपाली सेनाले उद्धार तथा पुनः निर्माणको कामलाई तिव्रता मात्र दिई रहेको छैन नेपाली सेनाले जनताको टुटेको मनमा मलम लगाउने कामदेखि भरोसालाई जोड्ने काम समेत गरि रहेको छ ।















