sevenstartv.com ११ साउन २०८३, सोमवार

जानकी मन्दिर प्रवेशगर्न खोज्दा हर्क साम्पाङको विरोध

तनावपछि दर्शन नगरी फर्किए

५ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

जनकपुरधाम । जानकी मन्दिरको दर्शन र भ्रमणका लागि जनकपुर पुगेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा विरोध प्रर्दशन भए पछि दर्शन नगरी फर्किएका छन् । प्रहरीका अनुसार हिन्दू सम्राट सेनाको विरोधपछि मन्दिर परिसरमा धकेलाधकेलको अवस्था सिर्जना भएपछि साम्पाङले दर्शन नगरी फर्किनुपरेको हो ।

साम्पाङ मंगलबार बिहान करिब ११ बजे समर्थकसहित जानकी मन्दिर दर्शनका लागि सो स्थानमा पुग्ने कार्यक्रम थियो। तर, उनी मन्दिर पुग्नुअघि नै उनका समर्थक र हिन्दू सम्राट सेनाका कार्यकर्ताबीच मन्दिर परिसरमा धकेलाधकेलको अवस्था सृजना भए पछि उनी मन्दिर परिसरबाटै बाहिरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार सम्भावित झडपको अवस्था देखिएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै साम्पाङलाई मन्दिर प्रवेश गर्न रोक लगाइएको थियो । हिन्दू सम्राट सेनाले साम्पाङलाई ‘क्रिश्चियन धर्मको प्रचारक’ भएको आरोप लगाउँदै जानकी मन्दिर प्रवेश गर्न नदिने निर्णय यसअघि नै सार्वजनिक गरि सकेको थियो ।

सोही घोषणा अनुसार नै मन्दिर क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो । विवाद चर्किन थालेपछि प्रहरीले दुवै पक्षलाई नियन्त्रणमा लिएर स्थिति सामान्य बनाउनु पर्ने अवस्था सृजना भएको प्रहरीको भनाई छ । घटनापछि मन्दिर क्षेत्रमा केहीबेर सुरक्षालाई कडाइ गर्दै सुरक्षा सतर्कता अपनाइएको थियो।

घटनाबारे हर्क साम्पाङले सामाजिक संजाल फेसबुक मार्फत प्रतिक्रिया दिँदै गाई कस्ले खाएको रैछ ? गाई खानेलाई मन्दिर पस्न भदिने भनेको देखे । यो कस्ले राजनीति गर्न खोजेको रैछ भनि प्रश्न गरेका छन् । साथै अर्को स्टाटसमा भनेका छन् जनकपुरमा तनाव तर गृहमन्त्रीको फोन अफ । यस विषयमा जिज्ञासा राख्दा पुरानो कुरालाई उठान गरी आफुमाथि आक्रमणको प्रयास भएको हर्क साम्पाङ को भनाई छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्