sevenstartv.com १० साउन २०८३, आइतवार

गृहमन्त्री गुरुङको निर्देशनपछि मिटरब्याजीको विवरण संकलन कार्यलाई दिइयो तिव्रता

३१ असार २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । जनकपुरबाट पैदल यात्रामा काठमाडौँको यात्रा तय गरेर अघि बढेका मिटरब्याज पीडितलाई भेट्न बाराको निजगढ गृहमन्त्री सुधन गुरुङ स्वयम पुगि पीडित र पीडकको विवरण तत्काल सङ्कलन गर्न सुरक्षा निकायलाई निर्देशन दिए ।

गृहमन्त्री गुरुङले निजगढमा पीडितको गुनासो सुनेपछि सोही स्थानबाटै विवरण सङ्कलनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए । गृहमन्त्रीको निर्देशनलगत्तै प्रहरीले मिटरब्याजमा संलग्न व्यक्तिको विवरण सङ्कलन कार्यलाई तिव्रता दिइएको छ।

पीडितको समस्या सुनेपछि गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गरेका थिए । गृहमन्त्री गुरुङले पीडितको समस्या सुनेपछि आगामी कदमका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको बताएका थिए ।

 गृहमन्त्री गुरुङले करिब ६ घण्टासम्म पीडितका कुरा सुने पछि अधिकांश पीडितले सुरक्षा निकाय र न्यायालयबाट न्याय पाउन नसकेको भन्दै गुनासो आएको जानकारी गराएका थिए । पिडित समक्ष गृहमन्त्री गुरुङले मिटरब्याजको समस्या समाधान गर्न आवश्यक ऐन, नियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पीडितसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले पीडितलाई न्याय दिने प्रक्रिया अघि बढेको जानकारी गराएका थिए । उनले विवरण सङ्कलनपछि थप प्रक्रिया अघि बढ्ने स्पष्ट पार्दै पिडितले न्याय पाउने कुरामा कुनैसंका नगर्न आग्रह गरेका थिए । यसैबीच निजगढमा पीडितसँग भेटेर फर्किएका गृहमन्त्रीले साँझ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका थिए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्