sevenstartv.com १० साउन २०८३, आइतवार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भए डा. देवेन्द्र खत्री

२३ असार २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । लामो समयदेखि रिक्त रहेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन् ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षका लागि नियुक्त गरेका हुन् ।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई आज मन्त्रालयमा शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गरेका छन् ।

यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त रहेकाले अर्को व्यवस्था नभएसम्म आयोगका पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिएर काम चलाइएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्