sevenstartv.com १० साउन २०८३, आइतवार

चुनदेवीस्थित सम्पर्क कार्यालयमा कांग्रेस देउवा समूहको बैठक शुरु

२२ असार २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस भित्र मौलाएको आन्तिरिक कलह अन्तत छरपस्ट भएको छ । कांग्रेसका नेतहरु नै पार्टीलाई विभाजन गर्ने तर्फ उन्मुख हुँदा कांग्रेसको साख र गरिमा ध्वस्त हुने अवस्थामा पुगेको छ । शेरबहादुर देउवा समूहले चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाए सँगै पार्टी एकता भन्दा विभाजन उन्मुख भएको देखिन्छ ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा १४औँ महाधिवेशनबाट निर्वाचित सो समूहका पदाधिकारी र सदस्य तथा पूर्वपदाधिकारी साथै सदस्यहरूको बैठक सुरु भएको छ । खड्काको सक्रियतामा केहि दिन यता सो समुहका गतिविधिहरुले निरन्तरता पाए सँगै कांग्रेस फुटको संघारमा पुगेको अनुमान गर्न सकिन्छ ।

देउवा समूहको सम्पर्क कार्यालय सोमबारबाट नै बैठक बसेर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ । सम्पर्क कार्यालयमा आज (सोमबार) काठमाडौँमा उपस्थित नेताहरूको बैठक बस्ने नेता डा.प्रकाशशरण महतले बताएका छन् । नेता महतका अनुसार बैठकमा पार्टीभित्रको आन्तरिक विवादमा कसरी अगाडि बढ्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।

विस्तारित बैठकपछि समूहले काठमाडौँमा राष्ट्रिय भेला गर्ने तयारी गरेको बताइएको छ । तर, त्यो भेलाभन्दा अगाडि नै संस्थापन पक्षले मागका बारेमा गहन छलफल अगाडि बढाउनुपर्ने समूहको भनाइ छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्