प्रधानमन्त्रीको अभिव्यक्ति प्रति विपक्षी दलका सांसद आक्रोसित हुँदा संसद भित्रै खैलाबैला
काठमाडौं । आकस्मिकरुपमा संसद भवनमा उपस्थित भएर सदनमा उठेका प्रश्नको जवाफ दिएका प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति माथि विवाद सुरु भएको छ । विपक्षी दलका सांसदहरूले आकस्मात प्रतिनिधिसभामा प्रधानमन्त्रीले सांसदहरूको प्रश्न माथि दिएको जवाफका विषयमा प्रश्न उठेको हो ।
संसद्को नियमावलीमा नै नभएको व्यवस्था देखाएर सभामुखले प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नको उत्तरका लागि समय दिएको भन्दै विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका छन् । बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीले नेपालको जग्गा भारतले मात्र नमिचेको र भारतको जग्गा समेत नेपालले निकै मिचेको भन्ने जवाफ तथ्यहीन भएको भन्दै आपत्ति जनाएका छन् ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिको जवाफ माग गर्दै विपक्षी सांसदहरुले प्रधानमन्त्री गैर जिम्मेवार रहेको आरोप लगाएका छन् । प्रधानमन्त्रीको सम्बोधनपछि विपक्षी सांसदहरूले आपत्ति जनाएपछि सत्तापक्ष दलका सांसदहरू समेत आक्रोशित भएका छन् । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले केही सांसदहरूको नामै लिएर मर्यादामा बस्ने पटक पटक निर्देशन दिए ।
सभामुख अर्यालको भुमिका समेत सधनमा निस्पक्ष नरहेको विस्लेशकहरु बताउँछन् । प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिबाट आएको अभिव्यक्तिले नेपालको नक्सा सिमा विवादका विषयमाथि थप विवाद सिर्जना भएको छ । प्रधानमन्त्रीको सो अभिव्यक्ति प्रति सामाजिक संजाल लगाएतका माध्यमबाट प्रधानन्त्रीको चौतफि आलोचना हुन थालेको छ ।
प्रधानमन्त्रीको अभिव्यति पश्चात आक्रोसति बनेका विपक्षी दलका सांसदहरु र सत्ता पक्ष सांसदहरु बिच संसद भवन भित्रै भनाभनको वातावरण सृजना हुनु सुखद पक्ष अवश्य होइन ।
