sevenstartv.com १७ जेठ २०८३, आइतवार

सम्पर्कविहीन भएकी शोभा पाठकलाई उद्धार पछि अस्पताल पठाइयो

१७ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौं । लामो समय देखि नेकपा एमालेका नेता महेश बस्नेत माथि विभिन्न आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेर पनि मुद्दाको फैसला आए पश्चात समेत आन्लोलन, अनसन तथा विभिन्न हत्कण्डा अपनाएकी शोभा पाठकले शनिबार राति सामाजिक सञ्जालमा ‘टिकटकमा अन्तिम भिडियो भन्दै भिडियो पोस्ट गरेर सम्पर्कविहीन भएकी थिइन् ।

सम्पर्कविहीन भएकी शोभा पाठकलाई प्रहरीले बालाजुबाट उद्धार गरेर परामर्शका लागि अस्पताल पठाइएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पाठकलाई काठमाडौं महानगरपालिकाको वनस्थली क्षेत्रबाट सकुशल उद्धार गरिएको जानकारी गराएका छन् ।

उद्धारपछि उनलाई आवश्यक परामर्श तथा स्वास्थ्य परीक्षणका लागि मनमोहन अस्पतालमा लगिएको भट्टराईले बताएका छन् । उनले किन ‘अन्तिम भिडियो’ भन्दै सन्देश सार्वजनिक गरेकी हुन् भन्ने बारे भने कुनै तथ्य खलेको छैन । पाठकको स्वास्थ्य अवस्थाका बारेमा भने अस्पतालले आधिकारीक धारणा राखि सकेको छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्