sevenstartv.com १६ जेठ २०८३, शनिवार

कांग्रेस संसदीय दलको बैठक जारी

१४ जेठ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलले संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व रणनीति तय गर्नका लागि तदारुकता देखाउँदै बैठक सुरू गरेको  छ । कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको बैठकको मुख्य एजेण्डा भने आगामी बजेट अधिवेशनमा पार्टीले निर्वाह गर्ने भूमिका र सदनमा प्रस्तुत हुने विषयहरूमा केन्द्रित रहेर छलफल हुने लागेको हो । नेपालको संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिँदै आएको छ ।

उक्त बैठकमा समसामयिक राजनीतिक अवस्था र संसद्‍मा पार्टीले अवलम्बन गर्ने रणनीतिका बारेमा समेत सदस्यहरूबीच विचार विमर्श हुने संसदीय दलले जानकारी गराएको छ । सरकारका काम कारवाही तथा गतिविधि बारेमा समेत उक्त बैठकमा छलफल हुने जनाइएको छ ।

कांग्रेस संसदीय दलले सरकारको रणनीति प्रतिपक्षलाई पेलेरै जाने देखिएकाले कांग्रेस सांसदहरुले सम्यमता अपनाउँदै खरो रुपमा उत्रिने संकेत गरेको छ ।

सम्बन्धित समाचार

यो पनि पढ्नुहोस्