बजेटको छलफलमा सक्रिय बालेन, रवि र स्वर्णिम
काठमाडौं । प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको खाका तयार पार्नका लागि हाल छलफल जारी रहेको बताइएको छ ।
उनीहरूबीच अहिले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल चलिरहेको प्रधानमन्त्री कार्यालयको उच्च स्रोतले बताएको छ । प्रधानमन्त्री शाह करिब १२ घण्टादेखि सिंहदरबार रहेर कार्य व्यस्ततामा नै रहेको बताइएको छ ।
दिनभर राजनितिक तथा अन्य भेटघाटमा व्यस्त भएका प्रधानमन्त्री बालेन कार्यालय समयपछि भने अर्थमन्त्री वाग्ले र सभापति लामिछानेसहितको छलफलमा व्यस्त रहेको बताइएको छ । बजेटको तयारी अन्तिम अवस्थामा रहेकाले पार्टी सभापति सहित अर्थ मन्त्री सँग प्रधानमन्त्रीको यो भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
