sevenstartv.com ११ जेठ २०८३, सोमवार

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन

आजका सबै इजलास बन्द हुने

७ जेठ २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा निधन भएको छ । १९८६ तिर काठमाडौंमा जन्मिएका उनको बुधबार निधन भएको हो ।  निधनप्रति गहिरो शोक व्यक्त गर्दै सर्वोच्च अदालतको प्रशासनले जेठ ७ गते बिहीबारका दिन सर्वोच्च अदालतका नियमित इजलासहरू सञ्चालन नगर्ने (अदालती कार्यहरू स्थगित गर्ने) निर्णय गरेको छ। 

नेपालको कानुन र सर्वोच्च अदालतको अभिलेख अनुसार उनले जिल्ला र क्षेत्रीय अदालत हुँदै सर्वोच्च अदालतसम्म लामो समय न्यायिक सेवामा आफ्नो अमुल्य समय व्यत्तित गरेका थिए । सर्वोच्च अदालतमा करिब ६ वर्षभन्दा बढी समय अस्थायी तथा स्थायी न्यायाधीशका रूपमा सेवा गरेको सर्वोच्च अदालतको अभिलेखमा उल्लेख रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्