हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं । विगत केहि दिन यता श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा प्रधानमन्त्री बालेन शाहको सहभागिता नरहेको बारे चर्को आलोचना सहित विरोध गर्दै आएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाह अनुपस्थित हुँदा प्रतिपक्ष दलले मात्र नभएर सत्ता पक्षका सांसदहरुले समेत प्रधानमन्त्री शाह जिम्मेवार र जवाफदेही हुनु पर्नेमा जोड दिँदै आएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष साम्पाङले प्रतिनिधिसभा नियमावली १५ को उपनियम २ अनुसार प्रधानमन्त्रीले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्नेमा जोड दिएका छन् । उनले सभामुखलाई प्रधानमन्त्री यो संसद्को सदस्य हो कि होइन भन्नेमा शंका मान्नु पर्ने अवस्था आएको हर्कले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने भए प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने माग दोहोर्याए ।
उनले आफुले १० दिनअघि गृह र रक्षा मन्त्रालयसँग सम्बन्धित प्रश्न राखेको स्मरण गराउँदै त्यसको जवाफ प्रधानमन्त्री स्यमले दिनुपर्ने बताएका छन् । गृहमन्त्रालय पनि प्रधानमन्त्रीकै जिम्मा भएकाले सुकुमबासी, शान्ति सुरक्षादेखि सीमा समस्याको विषयमा आफुले राखेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री आफै उपस्थित भएर दिनु पर्नेमा जोड दिँदै उनले भने, रक्षा मन्त्रालय पनि उहाँले सम्हालेको कारणले प्रधानमन्त्रीले हामीले उठाएको प्रश्नको जवाफ दिनुपर्छ ।’
उनले प्रतिनिधिसभाको नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्ने उल्लेख भएपनि आफूले प्रश्न उठाएको १० दिन कटिसकेको बताए । प्रधानमन्त्रीले संसद्को गरिमा जोगाउन नसकेको आरोप लगाउँदै मार्ग प्रशस्त गर्नु पर्ने उनको भनाई छ।
