sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

नेताहरूको कार्यविभाजनमा केन्द्रित रहेर एमाले सचिवालय बैठक बस्दै

४ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज (सोमबार) दिउँसो बस्दैछ । कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको जानकारी गराएका छन् ।

जेठ २ गते का लागि तय भएको एमालेको सचिवालय बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । आज बस्ने बैठकमा ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले यही एजेण्डालाई मुख्य एजेन्डा बनाएर सोहि एजेण्डामा केन्द्रित रहेर छलफल हुने नेताहरूले बताएका छन् ।

सो बैठकमा सरकारले जबरजस्ती हटाएका सुकुमबासी, उनीहरूको व्यवस्थापन र सरकारका पछिल्ला कामकारबाहीले जनतामा पारेको नकारात्मक असरका बारेमा पनि घनिभुत छलफल हुने  कार्यालय सचिव अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्