sevenstartv.com ११ जेठ २०८३, सोमवार

मध्यरातमा फरार जन्मकैद सजाय भोगिरहेकी महिला पक्राउ

४ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौं । सुन्धारा कारागारबाट मध्यराति फरार रहेकी नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । उनलाई असनबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

जन्मकैदको सजाय तोकिएकी तामाङ शुक्रबार राति १ बजे कारागारबाट फरार हुँदा कारागार भित्र खैलाबैला भएको थियो । कारागार प्रशासनका अनुसार उनले भुईँमा केही वस्तु ओछ्याएर पर्खाल नाघेर भागेको देखिएको छ ।

\अभियुक्त तामाङलाई चोरी र कर्तव्य ज्यान मुद्दाको कसुरमा जन्मकैदको फैसला भएपछि कैद भुक्तान गर्दै आएकी व्यक्ति हुन । यसअघि जेनजी आन्दोलनको बेलामा समेत फरार भएकी उनीलाई २ महिनापछि प्रहरीले पक्राउ गरेको थियो । यसपटक भने भागेको तीन दिनमा नै उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गर्न सफल भएको हो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्