sevenstartv.com १७ जेठ २०८३, आइतवार

चौविस घण्टाभित्र दुई हजार २९ सवारीचालक माथि कारबाही

३ जेठ २०८३, आइतवार स्टार संवाददाता

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले २४ घण्टाको अन्तरालमा दुई हजार २९ सवारीचालकलाई सवारी नियम उल्लङ्घन गरेकोमा कारबाही गरेको छ ।

यसबाट राज्यकोषमा रु चार लाख १७ हजार राजस्व दाखिला हुन आएको छ । कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ५९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११९, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २०८ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ५७, निषेधित क्षेत्रमा हर्न बजाउने ९४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९५, एकतर्फी सडकमा सवारी चलाउने १२६ र अन्य सवारी नियम पालना नगरेका एक हजार १३९ जनालाई कारबाही गरिएको हो ।

ट्राफिक प्रहरीले सवारी चलाउँदा हुने लापर्वाही न्यूनिकरण तथा रोकथामका लागि कडाईका साथ सवारी नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्दै आएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्