sevenstartv.com १६ वैशाख २०८३, बुधवार

सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले वृद्धि

१६ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । सरकारले सार्वजनिक यातायातको भाडा फेरि पनि वृद्धि गरेको छ ।  

हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरेको यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका जानकारी गराएका छन् ।

दिन प्रतिदिन वृद्धि भइ रहेको पेट्रोलियम पदार्थको मूल्यका कारण सरकारले सार्वजनिक यातायातको भाडामा हेरफेर गरेको हो ।

मन्त्रीको निर्देशन अनुसार अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेको निर्देशक भुसालले बताएका छन् ।

उनले यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको जानकारी गराए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्