sevenstartv.com १२ वैशाख २०८३, शनिवार

आज कांग्रेसले संसदीय दलको नेता चयन गर्ने

११ वैशाख २०८३, शुक्रवार स्टार संवाददाता

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । दलको नेता सर्वसम्मत रुपमा चयन गर्न खोजिए पनि सहमति नजुटेपछि निर्वाचनमार्फत चयन गर्न लागिएको हो । उम्मेदवारको दरखास्त दिउँसो ३ बजेका लागि तोकिएको छ भने मतदान साँझ ५ बजे गर्ने जनाइएको छ ।

संसदीय दलका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धी छन् । केसी र आङ्देम्बे दुवै समानुपातिकबाट निर्वाचित सांसद हुन् भने आचार्य प्रत्यक्ष निर्वाचित हुन् ।

कांग्रेसमा देखिएको आन्तरिक विवाद र शक्ति संघर्षका कारण आजसम्म पनि संसदीय दलको नेता चयन गर्ने काम सम्भब भएको छैन । दलको नेता सर्वसम्मत रुपमा चयन गर्न खोजिए पनि सहमति नजुटेपछि निर्वाचनमार्फत चयन गर्न लागिएको हो । हाल देउवा–गगन समूहबीचको नेतृत्व विवाद, पार्टी विभाजनको सम्भावना र एकता प्रयासबीच कांग्रेसको भविष्य अन्योलमा परि रहेको छ ।

विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाका लागि सबैभन्दा ठूलो चुनौती पार्टीभित्र बृहत् एकता निर्माण गर्नु नै छ । एकता हुन नसकेमा त्यसले पार्ने केही प्रतिशत असरले पनि आगामी स्थानीय र प्रदेशसभा निर्वाचनमा कांग्रेसलाई धक्का पुग्न सक्छ । अहिलेकै जस्तो नतिजा आएमा पार्टी सभापति थापामाथि जनताले हेर्ने दृष्टीकोण नै परिवर्तन हुने जोखिम छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्