सिंहदरबारबाट नै पक्राउ परे गृहमन्त्रीको राजीनामा माग्ने ४ जना
काठमाडौं । गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले सिंहदरबार परिसरभित्र बाट नै पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उनीहरूलाई सिंहदरबार परिसरभित्र बाट नै पक्राउ गरिएको जानकारी गराएका छन् ।
उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि सामाजिक संजाल लगाएत सबैतिर गृहमन्त्री गुरुङको चर्को आलोचना भइरहेको छ ।
गृहमन्त्री गुरुङले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने दवाव बढिरहेका बेला उनको विरोध गर्नेलाई सरकारले भने पक्राउको विकल्प अपनाएको छ ।
