लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिने रास्वपाको निर्णय
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति दिने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दललाई सार्वजनिक लेखा समितिको सभापति दिने रास्वपा संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा बसेको बैठकले निर्णय गरेको हो ।
कांग्रेसबाट लेखा समिति सभापतिमा कांग्रेस सांसदहरू भरत खड्का, मोहन आचार्य, योगेश गौचन र जनकराज गिरीले आकांक्षा राखे पनि डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई क.ाग्रेसले अघि सार्ने भएको छ। कांग्रेस सभापति गगन थापाको भने रसुवाबाट निर्वाचित मोहन आचार्यलाई सो समितिको सभापतिमा अघि सार्ने चाहाना थियो ।
यसअघि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसको प्रमुख प्रतिपक्षी दलहरूको बैठकले समेत लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका थिए । बैठकमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूको सहभागीता रहेको थियो।
