sevenstartv.com १२ वैशाख २०८३, शनिवार

सम्पत्ति छानबिनका पदाधिकारी ‘स्ट्यान्ड बाई’ बस्नुस् : प्र.म. वालेन्द्र

३ वैशाख २०८३, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग अहिलेको अवस्थामा जनताले निकै आशा र भरोसा राखेका छन् । उनको नेतृत्वमा सरकार गठन भएसँगै देशमा शान्ती, सुरक्षा देश समृद्दको बाटोमा लाग्नेमा  तमाम जनताले आशा गरेका छन् । प्रधानमन्त्री शाहका पछिल्ला केही गतिविधी भरोसा योग्य रहेको चर्चा वजारमा चलेसँगै उनी झनै हौसिएका छन् । यसै क्रममा उनले सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीलाई छलफलका लागि ‘स्ट्यान्ड बाई’ बस्न निर्देशन दिएका छन् ।

आयोगका विषयमा छलफलका लागि ‘स्ट्यान्ड बाई’ बस्न आग्रह गरिएको हो । आयोगका एक पदाधिकारीका अनुसार प्रधानमन्त्री वालेनले आयोगका सबै पदाधिकारीलाई छलफलका लागि डाकिएको छ। “सिंहदरबारमा छलफलका लागि ‘स्ट्यान्ड बाई’ रहन खबर आएको बताउँदै उनले जुनसुकै बेला जानुपर्ने भन्दै सायद आयोगको कामकारबाहीका लागि कार्यादेश, कर्मचारी व्यवस्थापन, विधि प्रक्रिया, कार्यालय स्थापना आदि विषयमा छलफल गर्न होला ।

प्रधानमन्त्रीको अरू जरुरी बैठक नभएको खण्डमा दिउँसो छलफलको हुन सक्ने जनाइएको छ । आयोगलाई पहिलो चरणमा ०६२ र ६३ सालयताका सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति जाँचबुझ गर्ने कार्यादेश दिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्