sevenstartv.com १२ वैशाख २०८३, शनिवार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

२ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौं । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमा भइरहेका साइबर बुलिङलगायत विषयमा छलफल गरिने छ ।

“अभिव्यक्तिको स्वतन्त्रतालाई रक्षा गर्ने सन्दर्भमा बहस, छलफल भइरहेको र सो ठूलो एजेन्डा रहेको उनको भनाइ छ । नेपाली कांग्रेस मानव अधिकार, मानव स्वतन्त्रताको रक्षा गर्दै आएको पार्टी र सोही अडान कायम रहेको चालिसेले बताएका छन् ।

प्रवक्ता चालिसेले विधिको शासन र राज्य सञ्चालनका सन्दर्भमा पछिल्ला दिनमा देखिएका घटना र परिघटनाका बारेमा पनि छलफल गरिने जानकारी गराएका छन् । पार्टीले संरचना विस्तार गर्ने क्रममा नीति तथा अनुसन्धान प्रतिष्ठान गठन प्रक्रियाका बारेमा पनि छलफल गर्ने उनले बताए । निर्वाचन ब्युरो, आन्तरिक व्यावस्थापन र सञ्चालनलगायत विषयमा पनि बैठकमा छलफल हुने प्रवक्ता चालिसेको भनाई छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्