sevenstartv.com १२ वैशाख २०८३, शनिवार

बिहीबार संसदीय समितिका सभापतिहरूको मनोनयन दर्ता हुने

२ वैशाख २०८३, बुधवार स्टार संवाददाता

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा र संयुक्त समितिका सभापतिहरूको  मनोनयन दर्ता बिहीबार हुने भएको छ ।  चैत २७ गते प्रतिनिधि सभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको सँगै मनोनयन दर्ताका लागि मिती तय भएको हो ।

 सदस्य तय गरिएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले आगामी वैशाख ४ गते संसदीय समितिका सभापतिको निर्वाचनको मिति तोकेका थिए । सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेका जानकारी गराएका छन् ।

समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने राईलो जारी गरे्का सूचनामा उल्लेख गरिएको छ । बिहीबार दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन गर्ने उक्त सुचनामा उल्लेख गरिएको छ। प्रतिनिधिसभा अन्तर्गत १० र दुई संयुक्त समितिको निर्वाचन हुन बाँकी रहेको छ ।

सम्बन्धित समितिका कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी सोही समितिका एक जना सदस्य प्रस्तावक रही सोही समितिका कुनै अर्को एक जना सदस्यको समर्थनसहित सभापतिमा दाबी प्रस्तुत गर्न सक्ने व्यवस्था रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्