sevenstartv.com २६ जेठ २०८३, मङ्गलवार

एसईईको नतिजा वैशाख महिना भित्रमा सार्वजनिक गरिने

१ वैशाख २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले एसईई परिक्षाको नतिजा  वैशाख महिना भित्रमा सार्वजनिक गर्ने तयारीलाई तिव्रता दिएको छ। एसईई १९ देखि २९चैतसम्म सञ्चलान भएको थियो ।  यस वर्ष ५ लाख १२ हजार ४२१ विद्यार्थीले एसईईका लागि फारम भरेका थिए भने १ हजार ९६६ परीक्षा केन्द्र कायम गरिएको थियो।

परीक्षा नियन्त्रक टुकराज अधिकारीले मार्कस्लिप र उत्तरपुस्तिका जिल्लाहरुबाट बोर्डमा आउने क्रममा रहेको बताएका छन् । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो । यसरी परीक्षण भएका उत्तरपुस्तिकासहित मार्कस्लिप बोर्डमा आइरहेको परीक्षा नियन्त्रक अधिकारीले जनाएका छन् ।

हालसम्म ८–१० वटा जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइसकेको  अधिकारीले बताएका छन्। ‘अन्य जिल्लाको आउने क्रममा छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्