sevenstartv.com ८ चैत २०८२, आइतवार

पाल्पामा टिपर दुर्घटना : चार जनाको मृत्यु

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पाल्पामा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । 

टिपर चालक अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर २ खैरेनी बस्ने अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० पटुवा बस्ने ३३ वर्षीय राजन चिदीको मृत्यु भएको हो । 

पाल्पाको झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको टिपर माथागढी गाउँपालिका–७ रहबासस्थित भित्रि सडकमा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा भैरहवा मेडीकल कलेज रूपन्देहीमा मृत्यु भएको प्रहरीले जनाएको छ।

टिपर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्