sevenstartv.com २९ फागुन २०८२, शुक्रवार

एमाले नेता कृष्ण थापाको निधन

२८ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन भएको छ ।

उनी बिहीबार एमाले कास्की जिल्ला कमिटीको बैठकमा बोल्दाबोल्दै अचानक ढलेपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो । 

थापा पोखरा महानगरपालिकाका पूर्वमेयर हुन् । उनी २०५४ सालमा पोखराको मेयरमा निर्वाचित भएका थिए । कास्की जिल्ला कमिटीका पूर्वअध्यक्ष समेत रहेका थापा जनआन्दोलनपछि भएको एमालेको महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्