sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

प्युठानमा पिकअप भ्यान दुर्घटना, ४ जना घाइते

१६ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं ।  प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । शनिबार प्युठान नगरपालिका बाग्दुला नजिकै लु १ च ७७६९ नम्बरको जिपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा परेको भ्यान रास्वपाको चुनावी प्रचार प्रयोग भए पनि आज भने मर्मतका लागि ल्याउँदा दुर्घटनामा भएको जनाइएको छ ।  घाइते हुनेहरूमा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन विश्वकर्मा र मोटरसाइकलमा सवार सोही ठाउँ निवासी २१ वर्षीय रेशम खड्का रहेका छन् ।

दुर्घटनामा लमही नगरपालिका–६ देउपुर दाङ बस्ने वर्ष २६ का दीपक पोख्रेल र स्कुटरमा सवार पोख्रेलकी श्रीमती वर्ष २५ कि सुजता भण्डारी पनि घाइते भएका छन् । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्