मनहरीमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
काठमाडाैं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट चितवनतर्फ गइरहेको बाप्र०६–००१ख ००५४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकको बायाँ साइडमा रहेको विद्युत्को पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएको जनाइएकाे छ ।
घाइतेकाे उद्धार गरी उपचारका लागि चितवन अस्पताल पठाएको प्रहरिले बताएकाे छ ।
