बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
काठमाडौं । काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि तनाव भएको छ । आज बिहान स्थानीयले स्कुटरलाई ठक्कर दिने टिपरमा आगो लगाएपछि स्थिति तनावग्रस्त बनेको हो ।
बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । प्रहरीले स्कुटर चालकको शव अस्पताल पठाएको छ । ट्रक चालक भने फरार छन् ।
बनेपा बजारमा टिपरले ठक्कर दिँदा ज्यान गुमाएका स्कुटर चालकको पहिचान खुलेको छैन । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ । दुर्घटनापछि अरनीको राजमार्ग अन्तर्गत बनेपा क्षेत्रको यातायात ठप्प भएको छ।
