बस दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो
काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको लागि छुटेको यात्रुवाहक बस तामाकोशीमा खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा २ जना पुरुष र ४ महिला छन् ।
प्रदेश ३-०१-००५ ख ९९७५ नम्बरको रामेछापको मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो । ५ जना घाइते यात्रुको उद्धार गरिएको जनाइएको छ ।
दिउँसो करिब पौने ११ बजे सडकबाट झण्डै २० मिटर तल नदीमा बस खसेको हो । अहिले संयुक्त सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ । बसमा कति यात्रु सवार थिए यकिन छैन् ।
.
