sevenstartv.com २१ वैशाख २०८३, सोमवार

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

१९ पुष २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । जाडोयाम शुरू भएसँगै चिसो, कुहिरो, हिमपातलगायतका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर जाडोयाममा रुघा, खोकी, ज्वरो, दम बढ्ने, सास फेर्न गाह्रो हुने तथा शीताङ्ग (हाइपोथर्मिया) का लक्षण देखिने बिरामीको सङ्ख्या बढ्दै गएको उल्लेख गरेको छ । पछिल्ला वर्ष जाडोयामसँगै बढ्ने वायु प्रदूषणले मुटु, फोक्सो, मस्तिष्कलगायत अङ्गमा गम्भीर असर पुर्याउने र दम तथा क्यान्सर जस्ता दीर्घ रोगको जोखिम बढाउने गरेको मन्त्रालयको भनाइ छ । 

विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घ रोगीहरू जाडोयाममा बढी जोखिममा रहने भएकाले चिसोबाट बच्न, धुवाँ–धुलोबाट जोगिन, पोषक तत्वयुक्त सन्तुलित खाना खान, न्यानो लुगा लगाउन तथा भिटामिन ‘सी’ युक्त फलफूल र सागपात पर्याप्त मात्रामा खान मन्त्रालयले आग्रह गरेको छ । सरसफाइमा ध्यान दिन, प्रशस्त मात्रामा झोल पदार्थ खान र अत्यधिक चिसो समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्