sevenstartv.com १० माघ २०८२, शनिवार

४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लाउने आयोगको तयारी

११ पुष २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । निर्वाचन आयोगले फागुन २१ को प्रतिनिधि सभा सदस्य चुनाव ९मतदान०को ४५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर अहिले सरोकारवालासँग राय सुझाव मागिरहेको छ ।

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचार संहिता २०८२ को मस्यौदामाथि अहिले रायसुझाव माग्ने काम भइरहेकाले आगामी साता राजनीतिक दल र सरकारसँग छलफल गरेर अन्तिम रूप दिने तयारीमा आयोग लागेको बताए ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आयोग ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आचारसंहिता तय गर्ने गरेको छ । जुन आचारसंहिता आयोगले तोके बमोजिमका व्यवस्था आयोगले तोकेको मितिदेखि तोकेको क्षेत्रमा लागु गर्ने गरिन्छ ।खासगरी आचारसंहिता लागु भएपछि सरकार, राजनीतिक दल तथा उम्मेदवारहरूले सावधानी बढी अपनाउनुपर्ने हुन्छ ।

आचारसंहिता लागु भएसँगै सरकारले निर्वाचन बाहेकका काममा नियुक्ति सरुवा बढुवा वा दैनिक कामकारबाही बाहेकका विषयमा निर्णय गर्न पाउँदैन । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगको प्रारम्भिक निर्वाचन आचारसंहितामा रायसुझाव आउने क्रम जारी रहेको र आएका सुझावलाई कानुन शाखाले उपयुक्त सुझाव समेट्ने काम भइरहेको बताए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्