वैकल्पिक नयाँ शक्तिहरूलाई एकताबद्ध बनाएर ल्याउने कुलमान घिसिङको दाबी
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक शक्तिहरूलाई एकताबद्ध गराउने कामको नेतृत्व आफूहरूले लिने बताएका छन् ।
बिहीबार त्रिपुरेश्वरमा उज्यालो नेपाल पार्टीको पार्टी कार्यालयको उद्घाटन समारोहमा बोल्दै घिसिङले आगामी दिनमा देशलाई समृद्ध बनाउन नयाँ पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने आजको आवश्यकता रहेको दाबी गरेका हुन् ।
उनले आम मानिसहरूले नयाँ शक्तिहरू एक भएर अघि आउनुको विकल्प नभएको बताए । उनले अहिले देश परिवर्तनको विन्दुमा रहेको भन्दै निर्वाचन मार्फत देशमा नेतृत्व परिवर्तन गर्ने अवस्थामा आएको बताएइका छन् ।
